नेपाली चलचित्रका चिरपरिचित पाश्र्व गायक हुन् – प्रह्लाद तिमिल्सिना। उनले गाएका नेपाली चलचित्रका थुप्रै गीतहरु लोकप्रिय भएका छन्। धेरै चलचित्रमा थुप्रै अभिनेताकालागि पाश्र्व गायन गरिसकेका यी गायक सुगम संगीतमा आधारित आधुनिक शैलीका गीत पनि उत्तिकै कुशलताका साथ गाउन कुशल छन्।

image: youtube video screen shot
उनको दोस्रो एकल एल्बम ‘महक–२’ समेत केहि समय अघि राजधानीमा एक भब्य समारोहका बीच सार्वजनिक गरिएको थियो। यतिबेला सोही एल्बममा शमबेश गरिएको गीतको म्युजिक भिडियो रिलिज गरिएको छ। ‘हिउँ सरी…’ शीर्षकको रहेको गीतको म्युजिक भिडियो हाइलाइट्स नेपालको यु ट्युव च्यालनबाट सार्वजनिक गरिएको हो। सोहि एल्बमको ‘थोत्रो रेडियो’ बोलरहेको गीतको भिडियो केहि दिन अघि मात्र रिलिज गरिएको थियो।
अभिनेता जीवन लुईटेलले शब्द रचना गरेको गीतलाई वरिष्ठ संगीतकार सुरेश अधिकारीले आधुनिक शैलीमा संगीतबद्ध गरेका हुन्। हरि हुमागाईंद्वारा निर्देशित म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का तथा अभिनेत्री सुमी मोक्तानले अभिनय गरेका छन्। उत्तम हुमागाई द्वारा छायांकन गरिएको म्युजिक भिडियो प्रकाश तुलाधरले सम्पादन गरेका हुन्।