
नेपाली गीतसंगीतको क्षेत्रमा भिडियो निर्माणको लहर र प्रतिस्पर्धा चल्दै गएपछि नयाँ-नयाँ कन्सेप्टसँगै गुणास्तरमा पनि बृद्धि हुँदै गएको छ। यसै क्रममा गायक उजन नेम्बाङको नयाँ गीतको भिडियो रिलिज भएको छ। सोभित बस्नेतले निर्देशन गरेको भिडियोमा गायक उजनसँगै नायिका सुष्मा कार्की र मोडल सोनिका रोकायालाई फिचर्ड गरिएको छ। ‘तिमी जस्ती राम्री’ बोल रहेको गीतको भिडियोमा सुष्मा र सोनिकाको कामुक अवतार देख्न सकिन्छ।
पप / र्याप मिश्रित ‘तिमी जस्ती राम्री’ भिडियो एबि पिक्चर्स फार्मले निमार्ण गरेको हो। नाइट क्लवमा छायांकन गरिएको भिडियोमा पछिल्लो समय नेपाली युवापुस्तामा बढ्दै गएको रात्री क्लव क्रेजलाई दर्साइएको छ। कामुक शैलीमा निर्माण गरिएको भिडियोमा सुरेश राईको शव्द र संगीत तथा गोपाल रसाइलीको सगीत संयोजन सुन्न सकिन्छ। गायक उजन आफ्नो भिडियोमा फरक लुक्समा देखिएका छन्। यस भिडियोलाई फराज अर्पणले खिचको हुन् भने समिर मियाको सम्पादन गरेका हुन्।
भिडियोप्रति गायक उजन आशावादी छन्। भिडियो रिलिज गरेपछि उजनले भने, ‘यसपटक केही नयाँ र फरकशैलीमा भिडियो बनाइएको छ। यो भिडियोले केही गर्ला कि भन्ने आशा गरेको छु।’ – भिडियो हेर्नुहोस्