नेफ्टा फिल्म अवार्ड मनोनयनमा ‘रिदम’को वर्चस्व


neft nomination  (2)

ग्ल्यामर नेपाल, काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्न लागेको ‘सातौं नेफ्टा फिल्म अवार्ड २०१४’को उत्कृष्ठ ५ को मनोनयन राजधानीमा बुधबार सार्वजनिक गरिएको छ। गत वर्ष मलेशियामा सफल रुपमा अवार्ड आयोजना गरेको नेफ्टाले सातौं संस्करण हङकङमा आयोजना गर्न लागिरहेको छ।

कार्यक्रमको फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

अवार्डका जुरी संयोजक भरत शाक्यले विभिन्न ३१ विधाको मनोनयन सार्वजनिक गरेका हुन्। मनोनयनमा फिल्म ‘रिदम’ सर्वाधिक १३ विधाको मनोनयनमा परेको छ। यो फिल्म ‘वेष्ट फिल्म’सँगै ‘वेष्ट स्टोरी’, ‘वेष्ट स्क्रिन प्ले’, ‘वेष्ट डाइलग’, ‘वेष्ट एडिटर’, ‘वेष्ट लिरिक्स’, ‘वेष्ट म्युजिक’, ‘वेष्ट एरेञ्जमेन्ट’, ‘वेष्ट प्लेब्याक मेल÷फिमेल’, ‘वेष्ट चाइल्ड आर्टिष्ट’, ‘वेष्ट मेल एक्टर’ र ‘वेष्ट डिरेक्टर’ विधामा परेको हो । अवार्डका अन्य विधामा ‘वेष्ट ब्याकग्राउण्ड स्कोर’, ‘बेष्ट सिनेमाटोग्राफी’, ‘बेष्ट साउण्ड मिक्सिङ’, ‘बेष्ट फाइट डाइरेक्सन’, ‘बेष्ट डान्स डाइरेक्सन’, ‘बेष्ट आर्ट डाइरेक्सन’, ‘बेष्ट ड्रेस’, ‘बेष्ट मेकअप’ रहेका छन्।

संघका अध्यक्ष मनोज केसीले संघका तर्फबाट चाँडै नै उत्कृष्ठ ५ बाट संख्या घटाएर उत्कृष्ठ तीनको नाम सार्वजनिक गरिने जानकारी दिए। जुरीका संयोजक शाक्यले फिल्म हेरेर त्यसको मनोनयन बनाउनु आफैमा कठिन काम रहेको बताउँदै आफुहरुले फिल्मको पपुलारिटी भन्दा पनि प्राविधिक पक्षलाई विशेष जोड दिएर मनोनयन सार्वजनिक गरेको खुलाए। कार्यक्रममा अवार्डको सफलताका लागि बनाइएको केक विभिन्न कलाकारले एकसाथ काटेका थिए।

कार्यक्रमको फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉