लभ यु हमेशा : पोस्टरमा प्रेम पिडा


प्रेमकथामा बनेको फिल्म ‘लभ यु हमेशा’को फर्स्ट लुक पोस्टर सँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ। भाष्कर प्रधान निर्देशीत फिल्म भदौ ६ गतेबाट देशभरका सिनेमा हलमा प्रदर्शन हुने भएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकार यशराज गरच, ऋचा थापा र फिजा योन्जनलाई हेर्न सकिन्छ।

धर्मा क्रिएसनको ब्यानरमा यवन गुरुङको प्रस्तुति र मिलन गुरुङ सहनिर्माता रहेको फिल्ममा यशराज,रिचा र फिजाका साथमा शिसिर राणा, गोपाल ढकाल (छन्दे), पिटी योल्मा,प्रमिला राई,सल्देन तामाङका कलाकारको अभिनय छ। भारतको कालेबुङ, सिलगुडी तथा काठमाडौमा सुटिङ गरिएको फिल्मको केही दृश्य सिंगापुर र फिलिपिन्समा समेत खिचिने बताईएको छ।

निर्देशक भास्कर कै कथा,शिब ढकालको छायांकन,एनबि महर्जनको द्धन्द्ध निर्देशन,भासुको संगीत, कमल राईको कोरियोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको यो फिल्मको बितरण आरआर फिल्मस्ले गर्दैछ।

SUBSCRIBE 👉