तेरियालाई काठमाडौंमा भव्य स्वागत


Welcome To Teriya Magar Dance India Dance (DID) Little Masters winner

Welcome To Teriya Magar Dance India Dance (DID) Little Masters winner

ग्ल्यामर नेपाल, काठमाडौं । भारतीय टेलिभिजन च्यानल जिटिभीको चर्चित रियालिटी शो ‘डान्स इन्डिया डान्स’को तेस्रो संस्करणको उपाधी चुम्न सफल तेरिया फौजामगर काठमाडौं आइपुगेकी छिन्। हातमा उपाधि उचाल्दै तेरिया शनिबार अपरान्ह साढे २ बजे एयर इन्डियाको विमानबाट काठमाडौं ओर्लेकी हुन्। उनलाई स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आफन्त तथा शुभेच्छुकहरुको भिड लागेको थियो।

आफ्नी आमासहित काठमाडौमा उत्रिएकी तेरियालाई शनिबारै राष्ट्रिय सभागृहमा भव्य स्वागत गरिएको छ। विमानस्थलबाट र्‍यालीसहित उनी सभागृहमा आइपुगेकी थिइन्। तेरिया आइतबार आफ्नो जन्मघर भैरहवा जाँदैछिन्। पछिल्लो पटक फाइनलमा पुगेपछि उनी जिभिटीको टिमसँगै चार हप्ता अगाडि काठमाडौं आएकी थिइन्।

१२ वर्षीया तेरियालाई डान्स इन्डिया डान्समा जिताउन नेपालमा एसएमएस भोटिङ अभियान नै चलाइएको थियो। उनले विदेशमा रहेका नेपालीको पनि भोट पाएकी थिइन्। उपाधीसहित उनले ५० लाख रुपियाँ र कार जितेकी छिन्। भविष्यमा अभिनेत्री र कोरियोग्राफर बन्ने योजनामा छिन् उनी।

तेरियालाई काठमाडौंमा भव्य स्वागत । फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉