सुरज बने २०१४ को मिष्टर नेपाल


mr nepal 2014 suresh silwal

ग्ल्यामर नेपाल, काठमाडौं । एक्सोज नेपाल डटकमले शनिवार राजधानीमा आयोजना गरेको ‘मिस्टर नेपाल २०१४’को उपाधि सुरज सिलवालले जितेका छन्। उनले ३६ जना प्रतिष्पर्धीलाई पछि पार्दै उक्त उपाधि चुमेका हुन्।

प्रतियोगितामा मनिष न्यौपाने फष्ट र उत्तम विष्ट सेकेण्ड रनरअप भए। विधागत अवार्ड तर्फ अमोल खड्का, रोशन लिम्बु, बेनिश भण्डारी ‘मष्ट फोटोजेनिक’, मनिष न्यौपाने, सेज मानन्धर ‘मष्ट हेण्डसम’, ‘आकाश मल्ल ठकुरी, रुपेश लामिछाने ‘वेष्ट वक’, प्रतिक ताम्राकार, केशव अधिकारी, सक्षम श्रेष्ठ ‘मष्ट डिसिप्लिन्ड’, दीपर्शन बस्नेत, राजन रिजाल, प्रतिक ताम्राकार ‘बेष्ट चार्मिङ’, प्रतिक ताम्राकार, नृपेन्द्र गौतम ‘बेष्ट फिजिक’ घोषित भए।

यसैगरी सरोज सिंह ठकुरी, साजन पोखरेल ‘बेष्ट पर्सनालिटी’, मनिष न्यौपाने ‘बेष्ट ड्रेस’, रविन थापा ‘भ्युअर च्वाईस’, पुरुषोत्तम थापा, नारायण पाण्डे, सेज मानन्धर ‘मष्ट स्टाइलिष्ट’, रवि घिसिङ, अतल खुलाल, आकाश मल्ल ठकुरी ‘मष्ट पपुलर’ उत्तम विष्ट, सौरभ चौधरी, अनिल पाठक ‘मिष्टर स्पोर्टस’, सुरज सिलवाल, बीबी ढकाल, अतल खुलाल ‘बेष्ट परफरमेन्स’, अमन श्रेष्ठ, रविन थापा, अशोक पौड्याल ‘मष्ट फ्रेण्डली’, सक्षम श्रेष्ठ, विश्वजीत रिमाल ‘मष्ट ट्यालेन्टेड’, तोरन थापा ‘चेञ्ज ओभर’, रेशम श्रेष्ठ ‘मल्टी मिडिया’, बन्दोश रेग्मी, दिवाकर सुनुवार ‘मिष्टर युनिक’ र गोकुल तिमिल्सिना, सन्तोष थपलिया ‘बेष्ट हेयर’ घोषित भए।

मिष्टर नेपाल २०१४ फोटो ग्यालरी हेर्नुहोस्

सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जेनिशा केसी, भिष्मा पाण्डे, राजु केसी, अर्जुन कार्की, कृष्ण कुमार, हिराज बाबु गोर्खाली, मोहन बस्नेत, मधुकुमार श्रेष्ठ र डा. आयुष्मान घिमिरे निर्णायकमा रहेका थिए। प्रतियोगिताको कोरियोग्राफर चाँदनी लामिछाने रहेकी थिईन्। कार्यक्रममा गायक तथा संगीतकार चेतन सापकोटा, गायिका शशी रावल, आकांक्षा बस्याल, पुजा नेपालीलगायतले सांगीतिक प्रस्तुति देखाएका थिए।

एक्सपोज नेपाल डटकमका प्रबन्ध निर्देशक दिनेश शाहीले प्रतियोगिहरुलाई स्विमिङ, फुटबल, रक क्लाइम्बिङ्ग, समाजसेवा, सर्ट हाइकिङ्ग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ्ग, गु्रमिङ्ग, मेकअप, ड्रेसवेयर जस्ता विषयमा दक्ष व्यक्तित्वहरुद्वारा प्रशिक्षण दिइएको जानकारी दिएका थिए।

SUBSCRIBE 👉