नयाँ फिल्म, नयाँ आइटम डान्सर


आजकल बलिउडका प्रत्येक चलचित्रमा एकवटा आइटम गीत तथा डान्स अनिवार्य रूपमा समावेश गरिन्छ। नेपाली चलचित्रमा भने अहिलेसम्म यसलाई अनिवार्य कन्टेन्ट मानिएको छैन। यद्यपि, कहिलेकहीँं कुनै–कुनै चलचित्रमा आइटम गीत समावेश गरिन्छ, जसलाई दर्शकले रुचाएको पाइन्छ।

नम्रता श्रेष्ठलाई फ़ाइटर लुक्समा हेर्न सकिने प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जाइरा’ मा पुरानो चलचित्र ‘मनको बाँध’ मा समावेश गायिका मीरा राणाको स्वरको ‘यो मात चढेको साँझ…’ गीतलाई अत्याधुनिक शैलीमा समावेश गरिएको छ। डिजे राजुले गायिका मीना निरौलाको स्वरमा उक्त गीतलाई रिमेक गरेका छन्।

गीतको भिडियोमा नयाँ अनुहार तनुजा गुरुङले आकर्षक नृत्य गरेकी छिन्। तनुजाले यही गीतमार्फत रजतपटमा आफ्नो यात्रा प्रारम्भ गरेकी हुन्। उक्त गीतमा तनुजा निकै कामुक तथा आकर्षक देखिएकी छिन् (तनुजाको ग्ल्यामरस नृत्य भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्)।

एसअघि उनि आयुष्मान देशराज सँग एक म्युजिक भिडियोमा देखिएकी थिइन्। (भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्)

SUBSCRIBE 👉