नेपाली फिल्म प्रिमियरकालागी सन्नी लियोनी आउने


गुगलमा सर्वाधिक खोजि गरिने एक नाम हो – सन्नी लियोनी। पछिल्लो समय नेपाली फिल्म ‘पासवर्ड का कारण पनि चर्चामा रहेकी सनी लियोनी नेपाल आउने भएकी छिन्। बेला बखत गुपचुप नेपाल घुम्न आईरहने सन्नी यो पटक भने नेपाली फिल्मको प्रिमिएर मा आउन लागेकी हुन्। नेपाली फिल्म ‘पासवर्ड’को एक आइटम गीतमा डान्स गरेकी सनी यो पटक ३ दिन नेपाल बस्ने बताईएको छ।

नेपाली फिल्मको गीतमा सन्नी लियोनीको हट नृत्य! [भिडियो हेर्नुहोस् ]

‘पासवर्ड’ फिल्म भदौ २७ गते प्रदर्शनमा आउँने तयारीमा छ। यसै फिल्मको प्रिमियर प्रदर्शनको लागी आफु नेपाल आउन लागेको कुरा सनीले बताएकी छिन्। उनी फिल्मको प्रिमियर प्रदर्शनका लागी सेप्टेम्बर ११ मा नेपाल आउनेछिन्।

SUBSCRIBE 👉