कम्प्रमाइजको कुरा गर्दै जीवन


jiwan-luitel

ग्ल्यामर नेपाल, काठमाडौं । वास्तविक जीवनमा आफुलाई कहिल्यै पनि कम्प्रमाइज गर्न नरुचाउने नायक जीवन लुँइटेलले अब युवतीका लागि कम्प्रमाइज गर्ने भएका छन्। नन स्टप क्रिएसन प्रोड्क्सनको व्यानरमा अजिता सुमार्गीले निर्माण गरेको फिल्म ‘शीशा’को सार्वजनिक दोस्रो ट्रेलरमा उनले नायिकालाई कम्प्रमाइजको कुरा गर्दैछन्।

आरबीके शरदले निर्देशन गरेको फिल्ममा जीवनले के कम्प्रमाइज गर्छन् भन्ने कुरा बुझ्न साउन २३ रिलिजको दिनलाई पर्खनै पर्ने हुन्छ। नेपाल र सिक्किमको प्रेमकथालाई प्रस्तुत गरिएको छ। फिल्ममा जीवनका अलावा उमा बेबी, रागिनी खड्गी, निर्मल सेन्चुरीलगायतका कलाकारले अभिनय गरेका छन्।

फिल्ममा भारतीय फूटबल खेलाडी भाइचुङ भुटियाको विशेष भूमिका रहेको छ। कृष्ण आचार्यको लेखन, लक्की सिटौला र मनोज सिंहको संगीत, नवराज सिलवाल र आरबीके शरदको शब्द, कमल राईको नृत्य र अस्ट महर्जनको द्वन्द्व फिल्ममा छ। निर्देशक शरदका अनुसार फिल्मले मानिसको जीवन शीशा जस्तै भएकाले कुनै गल्ती नगरी जीवन सुन्दर तरिकाबाट जिउने सन्देश दिएको छ।

SUBSCRIBE 👉