ग्ल्यामर नेपाल, काठमाडौं । मानवीय मनोविज्ञानमा आधारित रहेर फिल्म ‘नभ्य’ बन्ने भएको छ। लुःजः इन्टरटेनमेन्टको व्यानरमा समन डंगोल र लुःजः सिंहले निर्माण गर्न लागेको फिल्मको निर्देशक मुम्बईमा फिल्मको अध्ययन पुरा गरी नेपाल फर्केका युवा विप्लव आर पोखरेलले गर्नेछन्।
फिल्म युनिटले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी फिल्मका कलाकारलाई मिडियामाझ सार्वजनिक गरेको छ। फिल्ममा अशिष्मा नकर्मी, विकास न्यौपाने, प्रसन्न गोपाली, प्रेक्षा अधिकारी र बाल कलाकार अभिनभ अर्यालले अभिनय गर्नेछन्। निर्देशक पोखरेलले फिल्मको कथा नौलो किसिमको भएकाले आम दर्शकले मनपराउनेमा आशा व्यक्त गरे।
बिहीबारबाट छायांकनका लागि फ्लोरमा जाने फिल्ममा निर्देशक पोखरेलकै पटकथा, संवाद, सुमन कपालीको संगीत, फिरोज बज्राचार्यको ध्वनि र लुःजःकै छायांकन रहनेछ। लुःजः इन्टरटेनमेन्टले फिल्म निर्माणमा हात हाल्नु अघि विभिन्न म्युजिक भिडियो निर्माण गरिसकेको छ।