हमजाएगामा बाबु र ऋचाको मायाका कुरा


baboo-bogati-humjayega

ग्ल्यामर नेपाल, काठमाडौं । माया भन्ने कुरा न देखिन्छ, न त भेटिन्छ नै, यो त केवल महशुस गर्ने कुरा हो। त्यसैकारण हाल पोष्टप्रोडक्सनमा रहेको फिल्म ‘हमजाएगा’को ‘मायामा हो माया’ बोलको गीतमा अभिनेता बाबु बोगटी र नवअभिनेत्री ऋचा धिताल मायालाई नभेटिने र नदेखिने कुरा गर्दैछन्।

मुनाल फिल्मस् प्रालीको ब्यानरमा सुरेन्द्र पुनले निर्देशन गरेको फिल्मको यो गीतमा दीपक लिम्बु र रजिना रिमालको स्वर रहेको छ। गीतमा सुरेन्द्रकै शब्द र संगीत छ। कमेडी शैलीको फिल्ममा बाबु र ऋचाको अलावा विल्सनविक्रम राई, पार्वती राई, मनोज आरसी र रवि गिरीलगायतको अभिनय रहेको छ।

सुरेन्द्रकै कथा रहेको फिल्मका निर्माता टंक गुरुङ, सूर्य ल्वोन, ओमकुमारी पुन र सरस्वती लामा हुन्। योगेन्द्र श्रेष्ठको द्वन्द्व, कमल राईको नृत्य रहेको फिल्मका छाँयाकार बाबु श्रेष्ठ हुन्।

humjayega-video-image

SUBSCRIBE 👉