नेपाली अभिनेत्रीहरुको नक्कली पोर्न भिडियोले मच्चियो आतंक


नेपाल र भारतबीचको सीमा विवादका कारण दुई देशका ह्याकरबीच साइबर आक्रमणको होडबाजी चलिरहेको बेला नेपाली अभिनेत्रीहरुको नक्कली पोर्न भिडियो बाहिरीएको खबर छ। केही अघि बिबाह बन्धनमा बाँधिएका दुई अभिनेत्रीहरुको एक पोर्न साइटमा फेक पोर्न भिडियो सार्वजनिक भएसँगै नेपाली कलाक्षेत्रमा आतंक मच्चिएको छ।

पोर्न कलाकारको शरीरमा नेपाली अभिनेत्रीको टाउको जोडेको फेक भिडियो सार्वजनिक भएको हो। यी फेक भिडियो सार्वजनिक भएसँगै एक दर्जन अन्य अभिनेत्रीहरुको यस किसिमको नक्कली पोर्न भिडियो सार्वजनिक गरिने तयारी भएको हल्ला फैलिएपछि कलाक्षेत्रमा आतंक मच्चिएको छ।

भिडियोसम्बन्धी जानकारी नभएका सामान्य मानिसले पनि तीे फेक पोर्न भिडियोमा ती नायिकाका टाउको जोडिएको सजिलै पत्ता लगाउन सक्छन्। सो पोर्न साइटमा पोर्न कलाकारका साथमा हलिउ र बलिउडका अभिनेत्रीहरुको समेत पोर्न भिडियो राखिएको खबर समाचार पत्रको अन्लाईन संस्करण मा प्रकाशित छ।

यसैबीच नेपाल चलचित्र कलाकार संघले एक विज्ञप्ति जारी गर्दै यस सम्बन्धमा संघको ध्यान आकृष्ट भएको जनाएको छ। संघका उपाध्यक्ष एवं प्रवत्ता मोहन निरौलाद्धारा जारी विज्ञप्तिमा यो असामाजिक एवं निन्दनीय अपराधिक कार्यको घोर निन्दा गर्दै यस्ता कार्य गर्नेलाई कानुनी कार्बाही मात्र हैन सामाजिक बहिष्कार गर्न पनि अनुरोध गरिएको छ।

यस्तो अपराधिक कार्यको बिरूद्ध एक्लाएक्लै नभई सामुहिक,संगठित र संस्थागत रूपमा लड़ने प्रतिबद्धता संघले जनाएको छ। यो अपराधिक कार्यको बिरूद्धमा कानुनी कार्बाहीका लागी संघले पहल गरिसकेको विज्ञप्तिमा जनाइएको छ। सघका अध्यक्ष रवीन्द्र खड्काले यस विरुद्ध मंगलबार साइबर क्राइम ब्राञ्चलाई गुहारिने बताए।

नेपाली अभिनेत्रीहरुको अश्लील भिडियो सार्वजनिक भएसँगै कलाक्षेत्र आतंकित भईरहेका बेला योसँग सरोकार राख्नेहरु निकायहरुसम्म चाहिँ सामान्य खबरसमेत नपुगेको देखिएको छ। बोर्डका सदस्य सचिव संखीअघि सूचना विभागका लेखनाथ शर्मासँग सम्पर्क राख्दा उनले उजुरी नआएको र उजुरी पर्नासाथ उक्त साइट बन्द गर्ने बताएका थिए।

अपडेट : यो वेब साईट नेपालमा बन्द गराईएको छ।

SUBSCRIBE 👉