लकडाउनका बेलामा दर्शककालागी नेपाली फिल्म ‘साइनो’ [FULL MOVIE]


नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्दले निर्माण गरेको फिल्म ‘साइनो’ युट्युबमा पनि रिलिज गरिएको छ। लकडाउनका बेलामा दर्शककालागी मनोरञ्जन दिन फिल्म युट्युबमा पनि राखिएको निर्देशक रमेश थापाको भनाई छ। गत वर्ष हलमा रिलिज भएको यो फिल्मले भने राम्रो तारिफ पाएको थियो।

चन्द्र विनायक फिल्मस् प्रोडक्सनको ब्यानरमा रमेश थापाद्वारा निर्देशित फिल्म ‘साइनो’मा राजकुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठलगायतका कलाकारको अभिनय छ। शरण थापा कार्यकारी निर्माता रहेको चलचित्र साइनोलाई अभिमन्यु निरबीले लेखेका हुन्।

बोधी एचडी युट्युब च्यानलबाट फिल्म रिलिज गरिएको हो।

SUBSCRIBE 👉