शाहरुखलाई फ्रान्सको सर्वोच्च सम्मान


saharukh-khan

बलिउड बादशाह शाहरुख खानले आफ्नो दिवंगत आमाको जन्मदिनमा फ्रान्सको सर्वोच्च नागरिक सम्मान ‘नाइट अफ द लीजन अफ अनर’ प्राप्त गरेका छन्। शाहरुखलाई यो सम्मान कला र संस्कृति जगतमा उच्च योगदान दिएवापत प्रदान गरिएको हो।

बलिउड बीग बी अमिताभ बच्चनपछि यो सम्मान पाउने शाहरुख दोस्रो भारतीय अभिनेता हुन्। उनलाई मंगलबार मुम्बईमा आयोजित एक समारोहमा फ्रान्सका विदेशमन्त्री लोरेट फाबिसले सम्मान प्रदान गरेका थिए।

कार्यक्रममा शाहरुखले आमाको जन्मदिनमा आफुले विशिष्ट सम्मान पाउनु देश र आफ्ना लागि गर्वको कुरा भएको बताए। ‘यदि मेरो आमा आजसम्म जीवित हुनु भएको भए मलाई यो सम्मान दिएको देखेर वहाँ निकै खुशी हुनुहुन्थ्यो। मैले यो अवार्ड आफ्नो लागि स्वीकार गरेको हैन, यो सयौ फिल्मकर्मीको सम्मानको लागि पनि हो।’

SUBSCRIBE 👉