२०१४ को सर्वाधिक सेक्सी महिला – दीपिका


Click Here to View Photo Gallery ‘Sexiest Woman In The World’ – Deepika Padukone

Deepika-Padukone

ब्रिटेनबाट प्रकाशित हुने पुरुष लाइफस्टाइल पत्रिका एफएचएमले दीपिका बलिउड नायिका दीपिका पादुकोणलाई सन् २०१४ को सर्वाधिक सेक्सी महिलाको रुपमा चुनेको छ। विगत तीन वर्षदेखि यो सूचीमा क्याट्रिना कैफ एक नम्बरमा परिरहँदा पहिलोपटक दीपिकाले उक्त स्थानमा आफ्नो कब्जा जमाएकी हुन्।

यो वर्ष क्याट्रिना सूचीको तेस्रो स्थानमा परेकी छन् भने दोस्रोमा देशी गर्ल प्रियंका चोपडा छिन्। रमाइलो कुरा के छ भने दीपिकाले यो सूचीमा सन् २०११ देखि सामेल भएकी थिईन् र त्यही बेला देखि दोस्रो स्थानमा थिईन्। सन् २०१२ र २०१३ मा दीपिका तेस्रो स्थानमा पुगेकी थिईन् । तर यो वर्ष उनले सबै नायिकालाई पछि पार्दै एक नम्बरमा आफु पुगिन्।

‘यो निकै राम्रो सुरुवात हो, जुन जनताद्वारा जनताका लागि शुरु गरिएको हो, जब कसैले तपाईलाई सेक्सी भन्छ भने त्यो भन्दा खुशीको कुरा अरु के हुन सक्ला र।’ दीपिकाले भनेकी छन्। आम मानिसले सेक्सी शब्दलाई गलत अर्थमा बुझ्ने गरेको दीपिकाले बताईन्। ‘तर मेरा लागि सेक्सीको अर्थ व्यक्तिको व्यक्तित्व, उसको सेन्स अफ ह्युमर, आत्मविश्वास र संवेदना हो।’ उनले भनेकी छन्।

Click Here to View Photo Gallery ‘Sexiest Woman In The World’ – Deepika Padukone

SUBSCRIBE 👉