प्रदीप खड्का र नीति शाह अभिनित म्युजिक भिडियो


प्रदीप खड्कालाई भर्सटायल अभिनेताको रुपमा चिनिन्छ। नेपाली चलचित्रमा प्रवेश गरेको केही वर्षमै चर्चित स्टारको रुपमा चिनिएका प्रदीपको फ्यान क्रेज पनि लोभलाग्दो छ। उनै प्रदीपलाई दर्शकले अब म्युजिक भिडियोमा नयाँ लुक्समा हेर्न पाउने भएका छन्। भिडियोमा पपुलर मोडल नीति शाह (मिस नेपाल इन्टरनेशनल २०१७ विजेता) पनि देखिएकी छिन्। सत्य–स्वरुपराज आचार्य, प्रताप दास , बिपिन घिमिरे र प्रविशा अधिकारीको स्वर रहेको ‘जय जय नेपाल’ बोलको गीतको भिडियो रिलिज गरिएको हो।

यो गीतले राष्ट्रिय भाव बोकेको छ। गीतमा अशोक शेरचनको शब्द तथा एलिस कार्कीको संगीत सुन्न सकिन्छ। भिडियोलाइ रुपेश थापाले छायांकन र सम्पादन गरेका हुन्। भिडियोको निर्देशन नितिन चन्दले गरेका हुन्।

SUBSCRIBE 👉