सात सुन्दरीहरुको बिच्च बिच्चमा दुर्गेश थापा

“बिच्च बिच्चमा” बोलको गीतले निकै चर्चा कमाएपछि गायक दुर्गेश थापाले “बिच्च बिच्चमा २” रिलिज गरेका छन्। यो पटक उनि सात जना सुन्दरीहरुको बीच्च बीच्चमा देखिएका छन।


गायक दुर्गेश थापा सात जना मोडलका बीच बिचमा पुन: देखिएका छन्। गायक थापाको नयाँ गीत “बिच्च बिच्चमा २” यु ट्युब मार्फत रिलिज गरिएको छ। “एउटा फोटो खिच” बोलको गीतको भिडियो युट्युब बाट रिलिज भएको हो। यसअघि उनको “बिच्च बिच्चमा” बोलको गीतले निकै चर्चा कमाएपछि अहिले उनले “बिच्च बिच्चमा २” सार्बजनिक गरेका हुन्।गीतमा हरितालिका तीज, कोरोना, लकडाउन र देशको राजनीतिक अवस्था बारे चर्चा गरिएको छ।

गीतमा थापाकै शब्द तथा संगीत रहेको छ। भिडियोमा दुर्गेश थापा सहित जीवन शाहनी क्षेत्री, जीबि चिरन, दिपाशा विसी, अस्मिता जुरेली, टिका जैशी, सविता राई, यिनी विष्ट, शिल्पा खड्का लगायतको अभिनय छ। शिव विकले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियो अर्जुन तिवारीले छायाँकन गरेका हुन्।

SUBSCRIBE 👉