बाहिरियो तस्विरहरु! एस्तो छ, आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’ लुक्स

लुकाउँदा लुकाउदै पनि बाहिरियो फिल्म ‘डिसेम्बर फल्स’ को तस्विरहरु, रोमान्टिक मुडमा देखिए मुख्य कलाकार आर्यन सिग्देल र उपासना सिं ठकुरी


Aryan Sigdel and Upasana Singh Thakuri | Photos from the movie ‘December Falls’

आर्यन सिग्देलको फिल्म ‘डिसेम्बर फल्स’ एक महिनाअघिदेखि पोखराको बिभिन्न स्थानमा छायांकन भइरहेको छ। फिल्म निर्माण युनिटले फिल्मका मुख्य कलाकार आर्यन सिग्देल र उपासना सिं ठकुरीको लुक्स लुकाउदै आइरहेको छ। अन्ततः फिल्मका केही तस्विरहरु बाहिरिएसँगै आर्यन र उपासनाको लु्क्स सार्बजनिक भएको छ। बाहिरिएको तस्विरहरुमा आर्यन र उपासना बिभिन्न मुडी पोजमा देखिएका छन।

Aryan Sigdel and Upasana Singh Thakuri | Photos from the movie ‘December Falls’

भारतीय सिने उद्योगमा कार्यरत निर्देशक प्रबिण झाको निर्देशनमा निर्माण भइरहेको फिल्मलाई भारतीय फिल्मकै सिनेम्याटोग्राफर महेश आर गुप्ताले खिचिरहेका छन्।

Aryan Sigdel and Upasana Singh Thakuri | Photos from the movie ‘December Falls’

समाजीक बिषयमा निर्माण गरिएको फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा रोहित, सलोन बस्नेत, दयाराम दाहाल, नरेश भट्टराई, गीता अधिकारीको अभिनय छ। बिपीका खनालको कथा रहेको फिल्मको प्रदर्शन मिति ०७८ साउन १ गतेलाई तोकिएको छ।

Aryan Sigdel and Upasana Singh Thakuri | Photos from the movie ‘December Falls’


Aryan Sigdel and Upasana Singh Thakuri | Photos from the movie ‘December Falls’

SUBSCRIBE 👉