आठ वर्षपछि एक साथ पल र प्रकृति


गायक सुनिल गिरीको ‘को होला त्यो’ बोलको गीतको फिमेल भर्सनको भिडियो रिलिज भएको छ। फिमेल भर्सनको यो गीतमा गायिका अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ। सार्वजनिक गीतमा गायक गिरीको शब्द र संगीत रहेको छ भने एरेन्ज गोपाल रसाइलीको रहेको छ।

निषेधाज्ञा अगाडी कालिन्चोक, चरिकोट मुडे, लगायतका रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा पल शाह र मोडल प्रकृति श्रेष्ठकै अभिनय देख्न सकिन्छ । गायक गिरीले ८ वर्ष अघि पल र प्रकृतिलाई नै लिएर को होला त्यो बोलको गीत बजारमा ल्याएका थिए। ८ वर्ष पछि सोही टिम दोहोरीएको भिडियोले दर्शकलाई भरपुर मनोरञ्जन दिने विश्वास गायक गिरीले गरेका छन् ।

अनिल कृष्ण मानन्धरको छायांकन र निर्देशन रहेको भिडियोको सम्पादन र कलरिगं मनोज कार्कीले गरेका हुन्। गायक गिरीकै अफिसियल युट्युब च्यानल मार्फत बजारमा ल्याइएको भिडियोलाई कृपा सनफ्लावर तेलले प्रायोजन गरेको हो।

SUBSCRIBE 👉