ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली समाजमा मान्छेको परिचय फरक फरक भए पनि उसको मूल रुप सिंगो मान्छे नै हो भन्ने सन्देश सहित फिल्म ‘मान्छे’ निर्माण हुने भएको छ। अजय अधिकारी ‘सुशिल’को निर्देशनमा बन्न लागेको फिल्मको राजधानीमा घोषणा गरिएको छ। फिल्म को रमाइलो पक्ष के छ भने फिल्मको कथा, पटकथा र गीत सुशीलआफैले लेखेका हुन्, त्यस्तै फिल्ममाको संगीत तथा निर्माण पनि निर्देशक सुशील स्वयं कै रहेको छ। समग्रमा भन्ने हो भने फिल्म ‘मान्छे’ वान म्यान फिल्म हुने भएको छ।
निर्देशक सुशिलले फिल्मले सामाजिक रुपान्तरणमा केही मद्धत पुरयाउने दाबी गरे। फिल्ममा प्रियंका कार्की, सुशिल, किरण केसी, सुरवीर पण्डित, बसुन्धरा भुषाल, लक्ष्मी गिरी र बाल कलाकारको रुपमा अमृत बस्ताकोटी रहेका छन्। असारको अन्तिमबाट सुटिङका लागि फिल्म फ्लोरमा जानेछ। फिल्ममा निशान घिमिरेको सम्पादन, शशी रावल र विश्व नेपालीको स्वर तथा हरि हुमागाईको छायांकन रहनेछ।