एसिड आक्रमणमा परेकी मुस्कान खातुनको कथामा फिल्म


एसिड आक्रमणमा परेकी मुस्कान खातुनको कथामा फिल्म बन्ने भएको छ। अभिनेता रमित ढुंगानाले मुस्कानको कथामा फिल्म बनाउन लागेका हुन्। मुस्कान १५ वर्षकी छँदा सन् २०१९ मा एक किशोरले उनीमाथि एसिड (तेजाब) आक्रमण गरेका थिए।

‘बुद्ध बर्न इन नेपाल’ फिल्मका निर्माता समेत रहेका अभिनेता रमितले आफूले सामाजिक विषयबस्तुमा फिल्म बनाउने तयारी गरिरहेकाले त्यसको पहिलो सिर्जना मुस्कानको बायोपिक हुने बताए। चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले अहिले प्रि–प्रोडक्सनमा रहेको फिल्म यही पौष महिनाको अन्तिम साताबाट फ्लोरमा जाने जानकारी गराए। अभिनेता रमितले ‘बुद्ध बर्न इन नेपाल’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको दाबी गर्दै मुस्कानको बायोपिकको नाम केही दिनमा सार्वजनिक गर्ने बताएका छन्।

SUBSCRIBE 👉