निर्देशक रामजी ज्ञवालीको हनिमुन


Short Film Honeymoon

रामजी ज्ञवालीको लेखन तथा निर्देशनमा तयार भएको सर्ट-फिल्म हनिमुन रिलिज गरिएको छ। निर्देशक ज्ञवालीले आफ्नो जन्मदिनको अवसर पारेर हनिमुन सार्वजनिक गरेका हुन्। यो फिल्ममा विशाल कटवाल र प्रतिभा केसीलाई मुख्य पात्रको रुपमा हेर्न सकिन्छ।

बिहेपछि श्रीमान र श्रीमतीको रमाइलो पल हनिमुनको दिन एउटा सानो कारणले ठुलो झगडाको रुप लिन्छ, जो निकै सामान्य बिषयवस्तु थियो । केटा अथवा केटीले बिहेका लागि राजी हुँदै गर्दा आफ्नो पार्टनरको बिगतलाई स्विकार गर्न सक्नुपर्छ अन्यथा उनीहरुको बिगत कोट्याउँदा त्यसले दाम्पत्य जिवन तनाबपुर्ण बन्न सक्छ भन्ने फिल्ममा देखाइएको छ।

फिल्ममा बिजय अर्यालको आवाज, बिशाल निरौलाको म्युजिक, योगेश गाजीको ब्याकग्राउण्ड म्युजिक तथा मिक्सिंग सुन्न सकिन्छ भने राजेन्द्र मोक्तानको कलरग्रेडिंग, शाहिल खान र मिलन श्रेष्ठको सम्पादनमा चलचित्र तयार भएको हो। चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन्।

राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको फिल्म काठमाडौँ स्थित नक्लासमा रहेको लिसरा रिसेप्सनमा एक भव्य कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो। निर्देशक ज्ञवालीले यसअघि डार्क मुन, एक लभर, लक डाउन लगायत एक दर्जन सर्ट फिल्म निर्माण गरिसकेका छन्।

SUBSCRIBE 👉