वैशाखमा साइकोलोजिकल थ्रिलर फिल्म – ‘षट्कोण’


साइकोलोजिकल थ्रिलर नेपाली फिल्म ‘षट्कोण’ वैशाख २३ गतेदेखि प्रदर्शनमा आउने भएको छ। अभिनेता कर्मालाई प्रस्तुत गरिएको फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरिएको हो। कोरोना महामारीअघि नै निर्माण भएको यो फिल्मकमो सम्पूर्ण काम सम्पन्न गरेर प्रर्शन मिति घोषणा गरिएको निर्देशक काप्रिले बताएका छन्।

यो फिल्ममा कर्मासंगै भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम आदि कलाकारले अभिनय गरेका छन्। शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको यो फिल्मको संवाद महेश दवाडीले लेखेका हुन्।

यो फिल्ममा आङ्चेन लामाको छायांकन, सागर खनाल र निर्देशक मिलन डि काप्रिले सम्पादन छ। यो फिल्मको वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ। क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मका निर्देशक मिलन डि काप्रि हुन्। यो उनको डेब्यू निर्देशनको फिल्म हो।

SUBSCRIBE 👉