शाहरुखलाई इन्टरटेनर अफ इण्डियन सिनेमा अवार्ड


केही दिन अघि फ्रान्सेली सरकारबाट सर्वोच्च नागरिक सम्मान पाएका बलिउड बादशाह शाहरुख खाले दक्षिण भारतीय फिल्म उद्योगबाट ‘इन्टरटेनर अफ इण्डियन सिनेमा अवार्ड’ जस्तो प्रतिष्ठित सम्मानबाट सम्मानित भएका छन्। उनलाई गत शनिवार आयोजित ‘आठौं वार्षिक विजय अवार्ड’मा उक्त सम्मानबाट सम्मानित गरिएको हो।

शाहरुखलाई दक्षिण भारतीय फिल्म उद्योगले यस्तै कार्यक्रममा गत वर्ष ‘चेभेलियर शिवाजी गणेशन अवार्ड’बाट सम्मानित गरिएको थियो। गत वर्ष खान कार्यक्रममा उपस्थित हुँदा हजारौं दर्शक उनलाई हेर्न आएका थिए। तमिल भाषामा निर्माण गरिएका उत्कृष्ठ फिल्मलाई सम्मान गरिने उक्त कार्यक्रममा श्रुति हसन, हन्सिका मतवानी, बानी कपुर र लक्ष्मी रायजस्ता कलाकारको उपस्थिति रहेको थियो। यो वर्ष तामिल फिल्ममेकर एस. शंकरले ‘चेभेलियर शिवाजी गणेशन अवार्ड’ प्राप्त गरेका छन्।

SUBSCRIBE 👉