पुष १५ मा ऋचाको फिल्म ‘कौसिद’


बड पिक्चर्सको ब्यानरमा निर्माण भएको नेपाली चलचित्र ‘कौसिद’ को प्रदर्शन मिति धोषणा गरिएको छ । चलचित्र आगामी पुष १५ गते बाट देशभर प्रदर्शनमा आउने भएको छ। ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ जोडिएको कथामा बनेको चलचित्रले अहिलेको समय र परिस्थितको बास्तबिकता चित्रण गरेको छ। चलचित्रमा भोलाराज सापकोटा र ऋचा शर्मासँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र ‘कौसिद’का निर्माता केदार भुसाल हुन् भने कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ र सह–निर्मातामा लक्ष्मण बानियाँ रहेका छन्। अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा बनेको चलचित्रलाई कुमार भास्करले निर्देशन गरेका हुन्।

चलचित्रमा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको पटकथा रहेको छ। निसल पौडेलले खिचेको चलचित्रलाई मित्र डि. गुरुङ र भीम विश्वकर्माले सम्पादन गरेका हुन्। चलचित्रको वितरणको जिम्मा आर आर फिल्म्सले लिएको छ। केहि समय अघि नै प्रदर्शन मिति तोकिएको चलचित्र बिबिध प्राबिधिक कारणले रिलिज पोस्टपोन्ड गरिएको थियो।

SUBSCRIBE 👉