‘मिसेस् नेपाल युनिभर्स’ प्रतियोगीताको आवेदन खुल्ला


‘मिसेस् नेपाल युनिभर्स २०७९’ को खोजी सुरु भएको छ। विवाहित महिलाहरुको समग्र शक्तिकरणमा आधुनिक परिवेश र प्रक्रियाको पाटोबाट पहलकदमी गर्दै उनीहरुको व्यक्तित्व, आत्मविश्वास, क्षमताको अभिवृद्धि गर्दै नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने बनाउने उदेश्यले प्रतियोगीता आयोजना हुन लागेको हो।

आयोजक जिभा इन्कोरपरेटेडले बिहिबार एक बिज्ञप्ती जारी गर्दै प्रतियोगीताको आवेदन खुल्ला भएको जनाएको हो। समाजको हरेक सेक्टरमा महिलाको प्रभावकारिता, जिम्मेवारी बहनमा निखारता र सक्रिय सहभागितालाई अभिप्रेरित गर्ने हेतुले मिसेस् नेपाल युनिभर्स प्रतियोगीता आयोजना थालिएको आयोजकले जनाएको छ। युहान इन्टरनेसनल इभेन्टस्को सहकार्यमा जिभा इन्कोरपरेटेडको मुख्य आयोजना रहेको प्रतियोगिताको मञ्चबाट प्रतियोगीलाई अन्तर्राष्ट्रिय मन्चसम्मको यात्रालाई सुनिश्चिता प्रदान गर्नेछ।

प्रतियोगितामा सहभागीताकालागि आवेदन दिएकाहरुको नोभेम्बर १२ अर्थात् कार्तिक २६ गते अडिसन गरिने बताईएको छ। प्रतियोगिताको लागि विवाहित, डिभोर्सी एवं विवाहित भएर पनि एकल जीवन अगाडि बढाइरहेका महिलाहरुले सहभागिता जनाउन सक्नेछन्।

प्रतियोगिताको शिर्ष विजेताले अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिसेस् युनिभर्स’ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउनेछन्। प्रतियोगिताका उपविजेताहरुले समेत मिसेस सँग सम्बन्धित अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छन। प्रतियोगीताको परिकल्पना तथा निर्देशन सानु खान हुन् भने कोरियोग्राफी कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यको रहनेछ।

SUBSCRIBE 👉