हलिउड सिनेमा ‘सोल्ड’मा बेचिएकी नेपाली बालिकाको कथा


soldग्ल्यामर नेपाल, काठमाडौं । नेपालका बालिका भारतमा बेचिने गरेको मार्मिक कथालाई प्रस्तुत गरिएको फिल्म ‘सोल्ड’ आगामी अप्रिल ८ मा अमेरिकाको लसएञ्जल्समा हुने ‘इण्डियन फिल्म फेस्टिबल’मा प्रदर्शन गरिने भएको छ। हलिउड फिल्मकर्मी जेफरी ब्रोन र जेनी चार्लेसले बनाएको फिल्ममा नेपालका वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह) जोडीले अभिनय गरेका छन्।

हलिउडका कलाकारहरु गिलेन एन्डर्सन र एमा थोम्पसनको अभिनय रहेको फिल्मले भारतमा बेचिएकी १३ वर्षीया लक्ष्मीको संघर्षलाई प्रस्तुत गरेको छ। यो फिल्म आगामी मे महिनामा हुने ‘सिएटल इन्टरनेशनल फिल्म फेस्टिबल’ र अगष्टमा हुने ‘यूएन युथ काउन्सिल’मा पनि देखाइनेछ। यो फिल्म आगामी मार्चमा रिलिज हुनेछ।

सार्वजनिक भएको फिल्मको ट्रेलरमा नेपालको एक दुर्गम गाउँमा बस्ने लक्ष्मीलाई एक महिलाले फकाएर भारत पुरयाएर कोठीमा बेचेको दृश्य देख्न सकिन्छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुश

SUBSCRIBE 👉