जनचेतना जगाउँन टुँडिखेलमा कन्सर्ट


Gorkhalis-Bandग्ल्यामर नेपाल, काठमाडौं । एचआइभी एड्स तथा लागु औषधको प्रयोगले समाजमा पार्ने नकारात्मक प्रभावका विरुद्ध जनचेतना जगाउने उद्देश्यले राजधानीमा सांगीतिक कार्यक्रम हुने भएको छ। कार्यक्रम मेरो नेपाल फाउण्डेसनले आगामी साउन ३ गते राजधानीको ठूलो टुँडिखेलमा आयोजना गर्न लागेको हो।

MNF-COncert-0आयोजकका अनुसार उक्त कार्यक्रममा १९७४ एडी, इन्दिरा जोशी, गोर्खाली व्याण्ड, विनोद खम्बु र सैनिक व्याण्डले सांगीतिक प्रस्तुति दिनेछन्। कार्यक्रमकै दिन गायिका इन्दिराको जन्मदिन परेकोले पनि उक्त दिन आफुले दर्शकलाई गीतमा झुमाउने बताईन्। सांगीतिक कार्यक्रमसँगै नेपाल र भारतका चिकित्सकले एचआइभी एड्सका बारेमा जनचेतना पनि बाड्नेछन्।

MNF-COncertराष्ट्रपति डा. रामवरण यादवलाई प्रमुख अतिथिका रुपमा बोलाइने भनिएको कार्यक्रम दिउँसो एक बजेदेखि बेलुकी ८ बजेसम्म चल्नेछ । कार्यक्रममा सर्वसाधारणलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।

SUBSCRIBE 👉