लाहुरे दाईकी छोरीको यो कस्तो माया


parbatirai-pushpa-khadka

ग्ल्यामर नेपाल, काठमाडौं । खोटाङे गायक रेवत राईको पहिलो एल्बम ‘इमर्ज’मा रहेको गीत ‘लाहुरे दाईकी छोरीले’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। भिडियोमा मोडल पार्वती राई र पुष्प खड्कालाई देख्न सकिन्छ।

रियालिटी शो ‘खोजी प्रतिभाको’बाट चर्चामा आएका रेवतको गीति भिडियोका निर्देशक अर्जुन अधिकारी हुन्। गीतमा पुजा चौधरीको शब्द र इन्द्र आरपीको संगीत रहेको छ। भाइब्स क्रिएसनले बजारमा ल्याएको एल्बमको गीति भिडियोमा गायक रेवतलाई पनि देख्न सकिन्छ। भिडियोमा निशान्त घिमिरेको सम्पादन र सुशिल बाँनियाको छायांकन रहेको छ । गायक रेवतका अनुसार यो भिडियोले अहिले बजारमा राम्रै चर्चा पाइरहेको छ।

parbati-rai-hot-music-video

SUBSCRIBE 👉