बसन्तको ‘आबेग’ मा मिलनको स्वर


milan-amatya

ग्ल्यामर नेपाल, काठमाडौं । चर्चित गायिका कोमल वलीलाई फिल्म ‘राजनीति’मा अभिनय गराएर चर्चामा आएका युवा फिल्म निर्देशक बसन्त निरौला फिल्म ‘आबेग’मार्फत पुनः दर्शकमाझ आउने भएका छन्। फिल्म ‘विजयपथ’बाट फिल्म निर्देशनमा डेब्यु गरेका बसन्तको नयाँ फिल्म ‘आबेग’को काम गीत रेकर्डिङबाट शुरु गरिएको छ।

सूर्य कार्की प्रस्तुतकर्ता रहेको फिल्मका लागि कार्कीकै शब्दको ‘चाहे मार या बचाउ’ बोलको गीतलाई अहिलेकी चर्चित पाश्र्व गायिका मिलन अमात्यले स्वर दिएकी छन्। गीतमा धिरज श्रेष्ठको संगीत रहेको छ।

यमन म्यूजिक र वी.एन फिल्मस्को प्रस्तुतीमा बन्न लागेको फिल्मका कलाकारहरु फाइनल भइसकेका छैनन्। निर्देशक निरौलाका अनुसार कलाकारको नाम केही दिनपछि सार्वजनिक गरिनेछ। प्रेम र एक्सनको फ्युजन रहने फिल्म साउन १५ गतेबाट सुटिङका लागि फ्लोरमा जाने भएको  छ भने छायांकन राजधानीसँगै मुस्ताङ र सिक्किममा गरिनेछ।

SUBSCRIBE 👉