सफलताको बाटोमा ऋचाको रफ्तार


reecha-sharma

ग्ल्यामर नेपाल, काठमाडौं । कलाकारको करिअर अप–डाउन हुनु खास नौलो कुरा होइन्। सफलतालाई जोगाउन नसक्ने कलाकारहरु छोटै समयमा छाँयामा परेका उदाहरण संसारभरका फिल्म उद्योगमा देख्न पाइन्छ। नेपाली फिल्मवृत्तमा पनि त्यस्ता कलाकारको सुची लामो हुन थालेको छ। जसको ज्वलन्त उदाहरण हुन्, ऋचा शर्मा। निकै प्रतिक्षित फिल्म ‘भिषा गर्ल’ अफसल भएपछि हिरोइन ऋचाको करिअरमा ठेस आइलाग्यो। किनभने यो फिल्ममा उनको अभिनय मात्र होइन्, हल्का लगानी पनि थियो।

उसो त फिल्मको असफलताले पैसामात्र डुबाएन, विनय श्रेष्ठसँगको मायापीरती पनि टुंगियो। भिषा गर्लपछि रिलिज भएको अर्को फिल्म ‘उमा’ पनि व्यावसायिक रुपमा सफल भएन। भलै उनको अभिनयको तारिफ गरिएको थियो। जसका कारण केही समययता ऋचा चर्चा बाहिर रहिन्। जुनियर हिरोइनकै छायामा पर्न थालेकी छिन्। केही समय त सार्वजनिक कार्यक्रममा पनि देखा पर्न छोडिन् तर धैर्यता र अभिनयप्रतिको लगावको कारण हुनुपर्छ, उनको करिअरले फेरि पिकअप लिन थालेको छ।

हालै मात्र ऋचाले फिल्म ‘जंगे’को सुटिङ सकाएकी छिन्। फिल्ममा उनको निकै दमदार भूमिका रहेको बताइन्छ। यो फिल्मको सुटिङ सकिनासाथ उनी अर्को फिल्म ‘जीन्दगी रक्स’मा अनुबन्ध भएकी छिन्। हाम्री चेली, ह्वील पाउडर, जाभाजस्ता विभिन्न उत्पादनको ब्राण्ड एम्बेस्डर पनि हुन् उनी। त्यसमाथि फिल्म ‘उमा’बाट सर्वोकृष्ट अभिनेत्रीको क्रिटिक्स अवार्ड जितेपछि उनको चर्चा थप चुलिएको छ। यो रफ्तारलाई ऋचाले कतिन्जेल टिकाइरहने छिन् ? त्यो चाही समयले नै बताउला !!!

SUBSCRIBE 👉