हातमा मंगलसूत्र लगाउँछिन् शिल्पा


Shilpa-wearing-mangalsutra-in-handविवाहित नारीको चिनारी भनेको उसको गलाको पोते वा मंगलसूत्र र सिउँदोको सिन्दुर हो। तर गलामा लगाउनु पर्ने मंगलसूत्र हातमा बाँधेको सुन्दा वा देख्दा पक्कै सबैलाई आश्चर्य लाग्न सक्छ। बलिउड अभिनेत्रीबाट विजनेस वुमन बनेकी शिल्पा सेठ्ठी कुन्द्रा पनि हालै मुम्बईमा आयोजित आफ्नै सतयुग गोल्ड कम्पनीको प्रोमोशनमा उपस्थित हुँदा उनको हातमा मंगलसूत्र देखियो।

गत मंगलबार आफ्नो कम्पनीको प्रमोसनमा सेतो टप, कालो ट्राउजर र कालै ब्लेजरसँगै केयौं फेसनेबल गहनामा शिल्पा सजिएकी थिईन्। तर नयाँ कुरा भने उनले मंगलसूत्र हातमा बाँधेकी थिईन्। ‘जब म भारतीय पोशाकमा हुन्छु, तब मात्र मंगलसूत्र गलामा लगाउँछु, अरु बेला यति दाहिने हातमै लगाउने हो।’ उनले भनिन्।

SUBSCRIBE 👉