खुशि बाँड्दै तेस्रो सिक्वेलको तयारीमा विकास


bikash acharyaग्ल्यामर नेपाल, काठमाडौं । फिल्म ‘नाइ नभन्नु ल’ र ‘नाइ नभन्नु ल २’ले व्यावसायिक रुपमा सफलता हात पारेपछि यसका लेखक तथा निर्देशक विकास आचार्य यसै फिल्मको तेस्रो सिक्वेल बनाउने तयारीमा जुटेका छन्।

लेखक तथा निर्देशक आचार्यका अनुसार आगामी भदौदेखि फिल्मको छायांकन शुरु गरिनेछ। ‘फिल्मको एक गीत रेकर्ड भएपछिमात्र कलाकार र टिम सार्वजनिकसँगै फिल्म निर्माणको घोषणा गर्नेछौं,’फिल्मको दोस्रो सिक्वेलले देशका विभिन्न हलमा ५१ दिन मनाएपछि त्यसको खुशियालीमा बिहीबार राजधानीमा आयोजित बिहानी भोजमा आचार्यले भने,‘फिल्मको स्क्रिप्टको काम अन्तिम चरणमा पुगिसकेको छ, कलाकारहरु पनि फाइनलको तयारीमा छौं।’ स्रोतका अनुसार तेस्रो सिक्वेलका लागि दोस्रो सिक्वेलका कलाकारहरु सुरजसिंह ठकुरी, अनुभव रेग्मी र सुज्ञानी भट्टराई निश्चित भईसकेका छन्।

कार्यक्रमको फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस् 

कार्यक्रममा फिल्मका निर्माता दिनेशकुमार पोखरेल, कलाकार सुरज, नायिका प्रियंका कार्की, गीतकार डा. कृष्णहरि बराल, संगीतकार बसन्त सापकोटालगायतले फिल्ममा काम गर्दाका अनुभव सुनाएका थिए भने कलाकारसँगै प्राविधिक टोलीलाई मायाको चिनो पनि प्रदान गरिएको थियो।

SUBSCRIBE 👉