नम्रता र लाउरेको ‘ताण्डव’ कस्तो होला ? (भिडियो)


tandav-namrata-shrestha-laure-ashish-rana

ग्ल्यामर नेपाल, काठमाडौं । पछिल्लो समयमा अलग किसिमको फिल्म बनाउने भन्दै निर्माता तथा निर्देशकहरुको ध्यान एक्सन र ग्याङस्टार फ्लेबरका फिल्मतिर जान थालेको छ। फिल्म ‘छड्के’ र ‘मुखौटा’ पछि यस्तै झल्को दिने फिल्म ‘ताण्डव’ प्रदर्शनको तयारीमा रहेको छ।

स्मासिङ एप्पलको व्यानरमा निर्माण गरिएको फिल्म ‘ताण्डव’को बिहिबार सञ्चारकर्मीमाझ ट्रेलर सार्वजनिक गरिएको छ। लागुऔषध र सुटरको कथा समेटिएको फिल्मको प्रोमोका अधिकांश दृश्य मारधाडकै छ। ब्रिटिस नागरिक मुरे केरको निर्देशन र मोहन डोटेलको लगानीमा बनेको फिल्म आगामी भदौ ६ गते नेपालसहित विश्वका अन्य मुलुकमा एकसाथ प्रदर्शनमा आउँदैछ। निर्माता डोटेलले भने -‘मेरो यसअघिको फिल्म ‘बधशाला’ ले वास्तविक परिवेशलाई प्रस्तुत गरेको थियो, तर ‘ताण्डव’ले भने पूर्ण व्यावसायिक पक्षलाई समेटेको छ।’ ६ वर्षसम्म नेपालमा बसेका निर्देशक मुरेले आफुलाई नेपाल मनपरेको र यहाँको बस्तुस्थितिबाट प्रभावित भएर आफुले कथा लेखेको जनाए।

नम्रता श्रेष्ठ र आशिष राना ‘लाउरे’ को फोटो ग्यालरी हेर्नुहोस् 

ट्रेलरमा सुटरका रुपमा प्रस्तुत भएकी अभिनेत्री नम्रता श्रेष्ठले फिल्ममा काम गर्दा आफु निकै संवेदनशिल भएको बताईन्। अर्का कलाकार आशिष राना ‘लाहुरे’ले पहिलोपटक फिल्ममा अभिनय गरेकाले धेरै कुरा सिकेको दाबी गरे भने एलिन गुरुङले विदेशी निर्देशकसँग काम गर्दा निकै रमाइलो लागेको बताए। अनुप बराल, प्रमोद अग्रहरी र विपिन कार्कीको पनि फिल्ममा प्रमुख भूमिकामा अभिनय रहेको छ। फिल्ममा वनिष साहको सम्पादन, अष्ट महर्जनको द्वन्द्व र नरेन्द्र मैनालीको छायांकन रहेको छ।

tandav-trailer-image

SUBSCRIBE 👉