ज्योति मगरको पिरतीमा दम छ, एल्बम सार्बजनिक (भिडियो सहित)


jyoti-magar-subhash-dhakal

ग्ल्यामर नेपाल, काठमाडौं । नेपाली लोकदोहारी गायनमा फरक शैलीमा प्रस्तुत हुने गायिका ज्योति मगरले ‘पिरतीमा दम छ’ नामक सोलो एल्बम बजारमा ल्याएकी छन् । कान्तिपुर साप्ताहिक पत्रिकाले प्रबद्र्धन गरेको एल्बमको पत्रिकाकै प्रधानसम्पादक सुवास ढकाललगायतले राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा सार्वजनिक गरे।

एल्बममा ‘पिरतीमा दम छ’ र ‘जिम्मवाल बाउको छोरी’ बोलका गीत रहेका छन्। गीतमा ज्योतिबाहेक रामचन्द्र काफ्ले र रामजी खाँणको स्वर रहेको छ। एल्बममा ज्योतिको शब्द छ भने राजन इसान, विशाल गुरुङ र विनोद प्रधानको संगीत संयोजन रहेको छ। कार्यक्रममा दुवै गीतको भिडियो सार्वजनिक गरिएको थियो।

Singer Jyoti Magar Photo Gallery

SUBSCRIBE 👉