पन्ध्र विधामा पन्ध्रै जुरी | IAF Awards 2015


IFA-AWARDS-2014

ग्ल्यामर नेपाल, काठमाडौं । धेरै विधाका अवार्ड भए पनि उक्त अवार्डका जुरी संख्या भने न्यून नै हुन्छ। जति विधाको अवार्ड गरे पनि त्यसको जुरी संख्या आधा भन्दा कम नै हुन्छ। तर अन्तर्राष्ट्रिय कलाकार मञ्च युरोपले आगामी २०१५ को सेप्टेम्बर २६ मा बेल्जियममा आयोजना गर्न लागेको ‘अन्तर्राष्ट्रिय कलाकार मञ्च अवार्ड २०१५’ मा रहेका १५ विधामा १५ जना नै जुरी राखिएको छ।

अवार्डबारे जानकारी दिन राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्थाका सचिव बेनी ढुंगानाले उक्त कुराको जानकारी दिएका हुन् । ‘अवार्डमा रहेका प्रत्येक विधालाई मध्यनजर गर्दै विधा अनुसारकै जुरी राखेका हौं, यसलाई अन्यथा नलिनु होला।’ ढुंगानाले भने। नेपाली फिल्म तथा गीत संगीतमा लागिरहेका फिल्मकर्मी तथा स्रष्टालाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको अवार्डमा एकजना फिल्मकर्मीलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिनेछ।

कार्यक्रमका नेपाल व्यवस्थापक राजु अधिकारीका अनुसार कार्यक्रम बेल्जियमको क्यासिनो चाउडफन्टासनमा हुनेछ। अवार्डमा ‘बेष्ट फल्क सङ(मेल / फिमेल)’, ‘बेष्ट मोडर्न सङ(मेल / फिमेल), ‘बेष्ट कमेडियन’, ‘बेष्ट भिलेन’, ‘स्पेसियल कन्ट्रिब्युसन फर नेपाली अवार्ड’, ‘सोसियल कन्ट्रिब्युसन अवार्ड’, ‘बेष्ट लिरिक्स अवार्ड’, ‘बेष्ट म्युजिसियन अवार्ड’, ‘बेष्ट मुभी अवार्ड’, ‘बेष्ट डाइरेक्टर अवार्ड’, ‘बेष्ट एक्ट्रिस’ र ‘बेष्ट एक्टर’ विधा छन्। कलाकार उज्जवल केसी अध्यक्ष रहेको संस्थाले युरोपमा रहेर नेपाली गीत संगीत र फिल्म क्षेत्रलाई प्रबद्र्धन गर्नका लािग विभिन्न कार्यक्रम गर्दै आएको छ । संस्थाले केही समय अघि कलाकारका लागि एक करोड राशीको अक्षयकोष स्थापनाको घोषणासमेत गरेको थियो।

SUBSCRIBE 👉