ग्ल्यामर नेपाल, काठमाडौं । सहरको हल्ला पत्याउने हो भने निर्देशकबाट निर्माता हुँदै नायक बनेका सुदर्शन थापा र नायिका पुर्जा शर्माबीच इल्लुइल्लु चलिरहेको छ। सुदर्शन निर्देशित फिल्म ‘मधुमास’मा पुजा अनुबन्ध भएदेखि उनीहरुको सम्बन्धले चर्चा पाएको हो। भलै अहिलेसम्म ‘आफूहरु मिल्ने साथी मात्र रहेको’ बताउँदै आएका छन्। यसरी रियल लाईफको प्रेम सम्बन्ध अस्विकार गरेपनि यो जोडीको रिल रोमान्स पनि सहरमा हिट छ। सुदर्शनकै लगानी रहेको फिल्म ‘अझै पनि’मा यो जोडीले रोमान्स गरेका छन्। जुन फिल्म फागुन १५ देखि प्रदर्शनमा आउने भएको छ। वितरक कम्पनी एफडीले होलीलाई लक्षित गर्दै फिल्मको रिलिज डेट तोकिएको जनाएको छ। आलोक नेम्वाङ फिल्मका निर्देशक हुन्।
निर्देशनमा ५ वर्षपछि आलोकको कमब्याक र हिरोको रुपमा सुदर्शनले डेब्यु फिल्म भएकाले ‘अझै पनि’ निकै प्रतिक्षित बनेको छ। प्रेमकथामा आधारित यस फिल्ममा सुदर्शन र पुजाको अलवा विजय लामा, प्रमिला खनाल, पुष्प खड्का, विशाल ढुंगाना, विपना धिमाल, मिथिलालगाएतका कलाकारको अभिनय रहेको छ। यही फिल्मबाटे सुरक्षा पन्तले हिरोइनका रुपमा डेब्यु गर्दैछिन्। पुजाका यसभन्दा अगाडीका दुई फिल्म ‘थ्री लभर्स’ र ‘मधुमास’ फ्लप भएकाले पनि ‘अझै पनि’ को बक्स अफिस कलेक्सनले उनको करिअरमा ठूलो अर्थ राख्ने निश्चित छ।