‘मेरो गीत’ लिएर आउँदै विजेश


bijesh-paudel

ग्ल्यामर नेपाल, काठमाडौं । गायक, संगीतकार, भिडियो सम्पादक तथा निर्देशक विजेश पौडेल तेस्रो एल्बम ‘मेरो गीत’ लिएर चाँडै नै श्रोतामाझ आउने भएका छन् । ‘सगुनी’ र ‘मनको पाना’ पछि उनले ‘मेरो गीत’ मार्फत श्रोतालाई ६ वटा नयाँ गीत दिँदैछन्।

विजेशका अनुसार एल्बममा भूपेन्द्र खड्का, योगेन्द्रमणि दाहाल र उनको आफ्नै शब्द रहेको छ भने संगीत राजु सिंह र सचिन सिंहले दिएका छन् । ‘साउन महिना भित्रै एल्बम ल्याउने तयारी गरेको छु,’उनले भने,‘एल्बममा सबै माया प्रेमका गीतहरु छन्, विशेषत पप फ्लेबरका ।’ एल्बममा रहेको ‘गहिरो गहिरो’को भिडियो उनी आफैले बनाएका छन् भने ‘दिन ढलोस्, रात बितोस्’को भिडियो बनाउने तयारीमा छन्।

bijesh-poudel-video

SUBSCRIBE 👉