ग्ल्यामर नेपाल, काठमाडौं । अभिनेता नीर शाहले अबदेखि धुम्रपान नगर्ने प्रण गरेका छन्। हालै ह्दयघातको उपचार गरेर घरमा आराम गरिरहेका नीर आफ्नो स्वास्थ्यको लागि धुम्रपानबाट टाढा रहन लागेका हुन्। डाक्टर अरुण मास्केको टोलीको उपचारले उनलाई मृत्युको मुखबाट बचाएको थियो।
नीर अहिले बिना नुनको खाना खाएर स्वास्थ्य लाभ गरिरहेका परिवारले जानकारी दिएको छ। उनमा धुम्रपानको अम्मली निकै थियो। त्यसमाथि ‘सेतो बाघ’ निर्माणताका उनले अत्याधिक चुरोट सेवन गरेका थिए। स्वास्थ्य बिग्रनुको एउटा कारण चुरोट पनि मानिएको छ। अब उनले घरमा कम्तीमा एक महिना आराम गर्नुपर्नेछ। यसबीचमा चेकअपका लागि अस्पताल जानेबाहेक अरु काम गर्न डाक्टरले रोक लगाएका छन्।
हालै मात्र चलचित्र कलाकार संघका अध्यक्ष नवल खड्का र पूर्व अध्यक्ष कृष्ण मल्ल उनको निजी निवास बाँसबारी पुगेका थिए। जहाँ नीर निकै हर्षित मुद्रामा प्रस्तुत भएका थिए।

