अर्चनासँग आवेगमा आर्यनको रोमान्स


archana-aryan

ग्ल्यामर नेपाल, काठमाडौं । प्रदर्शोन्मुख फिल्म ‘नाइके’मा एक्सन रुपमा प्रस्तुत भएका नायक आर्यन सिग्देल पुनः अर्को एक एक्सन फिल्ममा देखिने भएका छन्। बसन्त निरौलाले निर्देशन गर्न लागेको फिल्म ‘आवेग’मा आर्यनलाई एक्सन हिरोको रुपमा दर्शकले हेर्न पाउने भएका हुन्। आर्यनले फिल्म ‘ढुवानी’की आइटम गर्ल अर्चना डेलालसँग ‘आवेग’मा रोमान्स गर्ने भएका छन्।

basanta-niraulaसाउन १५ गतेबाट छायांकनमा जाने फिल्मको मंगलबार भैसेपाटीस्थित कार्यविनायक मन्दिरमा पुजा गरिएको छ। यमन म्यूजिक र वी.एन फिल्मस्को प्रस्तुतीमा बन्न लागेको फिल्म पवित्रा आचार्य, धु्रव दत्त, रमेश वुढाथोकी अभिनय रहनेछ। सूर्य कार्की प्रस्तुतकर्ता रहेको फिल्मको छायांकन एक आइटम गीतबाट सुरु गरिने निर्देशक निरौलाले जानकारी दिए। उक्त गीतमा अर्चनाले फेरि आफ्नो जवानी देखाउनेछिन्।

धनसिंह केसी र राजेन्द्र घिमिरेले लगानी गरेको फिल्ममा अष्ट महर्जनको द्वन्द्व र पुरुषोत्तम प्रधानको छायांकन हुनेछ।

SUBSCRIBE 👉