दिदी बहिनीलाई सम्झँदै नाच्दै सुनिता


sunita-dulal-singer

ग्ल्यामर नेपाल, काठमाडौं । तिज आउन अझै एक महिना बाँकी छ। तर तिजका लागि भनेर गायिकाहरु धमाधम गीत रेकर्ड र म्युजिक भिडियो बनाउन व्यस्त छन्। यही माहौलमा चर्चित लोकगायिका सुनिता दुलाल पनि किन छुट्थिईन र ? प्रत्येक वर्षका तिजमा नयाँ र नौला किसिमका गीत र भिडियो ल्याएर आम श्रोताको मनमा बस्न सफल सुनिता मंगलबार तिजकै भिडियो बनाउँन त्रिपुरेश्वरमा रहेको एक मन्दिर परिसरमा व्यस्त थिईन्।

सुनिता दुलाल म्युजिक भिडियो शुटिंग – फोटो ग्ल्यारी हेर्नुहोस्

‘निकै रमाइलो भईरहेको छ, गीत पनि राम्रो बनेको छ, काम झनै राम्रो भएको छ,’सिउँदोमा सिन्दुर, गलामा पोते, हातमा चुरा अनि शरीरमा रातो साडी लगाएर सुन्दरी बनेकी सुनिता भन्दैथिईन्,‘तिजको माहौलमा सबैले भिडियोमा साथ दिनुभएको छ।’ गत वर्ष कोरियोग्राफर गोविन्द राईले बनाएको भिडियो दर्शकले मनपराइदिए पछि उनले यसपटक पनि राईलाई नै दोहोर्याइन्। ‘उहाँको काम साँच्चै राम्रो छ, खासगरी नृत्यको शैली सिकाउने उहाँको सूत्र निकै राम्रो छ ।’ सुनिताले भनिन्।

निर्देशक गोविन्द पनि कामबाट निकै प्रभावित थिए। ‘मैले सिकाएका हरेक स्टेप सुनिताले टिप्छिन्, जसले गर्दा काम गर्न पनि सजिलो भएको छ,’निर्देशक गोविन्द भन्दैथिए,‘सबैको राम्रो काम भएकाले पनि भिडियो पक्कै राम्रो हुनेछ।’

सुनिता दुलाल म्युजिक भिडियो शुटिंग – भिडियो हेर्नुहोस्

सुनिताले तिजलाई लक्षित गरेर निकाल्न लागेको एल्बम ‘नाचौं सरर’को ‘दिदी बहिनी आँगनैमा’बोलको गीतमा उनी निकै खुशी साथ नाँचिरहेकी थिईन्। गीतमा कुमार विवाहितको शब्द र सुरेश अधिकारीको संगीत छ। भिडियोमा अभिनेत्री राधा लम्साल ‘भावु’, नयाँ मोडल भूमि जोशीलगायतले अभिनय गरेका छन्। भिडियोका छाँयाकार शिवराम श्रेष्ठ हुन्।

SUBSCRIBE 👉