प्याकअप हवल्दार सुन्तली । वर्षको अन्तिम साता रिलिज हुने


shilpa-pokhrel-kishore-khatiwodaग्ल्यामर नेपाल, काठमाडौं । नेपालका चर्चित फिल्म निर्माता छविराज ओझाको होम प्रोडक्सन छविराज प्रोडक्सनको व्यानरमा निर्मित तेस्रो फिल्म ‘हवल्दार सुन्तली’को सुटिङ सकिएको छ। हेटौडासहित राजधानीका विभिन्न स्थानमा गरिएको सुटिङ ४१ दिनपछि प्याकअप भएको हो।

फिल्ममा नायिका शिल्पा पोखरेललाई ‘हवल्दार सुन्तली’को भूमिकामा प्रस्तुत गरिएको छ भने किशोर खतिवडा र सविन श्रेष्ठले पनि प्रमुख भूमिकामा अभिनय गरेका छन् । शिल्पाले छविराज प्रोडक्सनकै व्यानरमा निर्मित ‘लज्जा’मार्फत फिल्ममा डेब्यु गरेकी हुन् । ‘लज्जा’का निर्देशक नवल नेपाल हुन्।

‘हवल्दार सुन्तली’का निर्देशक ऋषि लामिछाने हुन्। निर्देशक लामिछानेले कलाकारले राम्रो काम गरेको बताए। लामिछानेले प्रिप्रोडक्सनको समयमा रेखा थापालाई फिल्मको हिरोइन बनाउन लबिङ गरे पनि रेखा र छवि बीचको द्वन्द्वले गर्दा लामिछानेले रेखालाई चाहेर पनि फिल्ममा खेलाउन सकेनन्।

नेपालको पश्चिम एक जिल्लामा कार्यरत प्रहरी हवल्दार सुन्तली धामीलाई आफ्नै सहकर्मीले गरेको बलात्कारको घटनालाई फिल्मले प्रस्तुत गरेको छ। निर्माता छवि ओझाका अनुसार कार्तिक ७ गते ‘लज्जा’ र चैत्र २७ गते हवल्दार सुन्तली रिलिज हुनेछ। फिल्ममा कविराज गहतराजको नृत्य, दीपक शर्माको संगीत, चन्द्र पन्तको द्वन्द्व र मदन कश्यप घिमिरेको छायांकन रहेको छ।

SUBSCRIBE 👉