पाँच अर्ब बढी कमाउँदै किम


kim-kardashianबलिउडका तथा नेपालका कलाकारहरु सायद जीवनभर यति धेरै कमाउँन पाउँदैनन्, जति हलिउडकी हक टेलिभिजन स्टार किम कार्दासियनले एक आइफोन एप्लिकेशनबाट कमाउने भएकी छन् । समाचार अनुसार उनले उक्त मोबाइल एप्सबाट पाँच अर्ब रुपैयाँ भन्दा बढी रकम कमाउनेछिन् । यो कमाई उनको गत वर्षको कमाइ भन्दा बढी हो।

आइफोनमा ‘किम कार्दाशियन: हलिउड’ नामको एप्स लञ्च गरिएको छ । यो एपमार्फत गेम खेल्न चाहनेले आफ्नो स्टारको डिजाइन आफै गर्न सक्छन्। यसबाहेक आफ्नो स्टार तथा साथीसँग कुरा गर्न पनि सक्छ । यो एप्स आइफोनमा मात्र नभई सबै एन्ड्रोइडमा पनि निःशुल्क डाउनलोड गर्न पाइनेछ ।

बताइए अनुसार किम गेममार्फत नै विशुद्ध रुपमा ४५ प्रतिशत नाफा आर्जन गर्न सक्नेछिन् । जुन यो वर्षको अन्त्यमा २० करोड डलर(करिब १२ अर्ब) हुनेछ। सबै खर्च कटाएर किमसँग ५ दशमलब १ अर्ब रुपैंयाँ रहने बताइएको छ।

SUBSCRIBE 👉