नाँच्न जान्दिन भन्दै नाँचिन रेखा (भिडियो)


rekha-thapa-hotग्ल्यामर नेपाल, काठमाडौं । फिल्ममा नचाउने काम कोरियोग्राफरले गर्छन् । जस्तै नाँच्न नजान्ने कलाकारलाई पनि उनीहरुले हल्का किसिमले नचाईदिन्छन् । अभिनेत्री रेखा थापालाई पनि नाँच्न नजान्दा नजान्दै कोरियोग्राफर कमल राईले निकै मजाले फिल्म ‘हिम्मतवाली’मा नचाईदिएका छन् । रेखा वास्तवमै नाँच्दछिन् र फिल्ममा भने उनी ‘खासै राम्रो नाँच्न त जान्दिन’ भन्दै बाडुली कम्मर मर्काई मर्काई नाँचिरहेकी छन् ।

आफैले निर्माण र निर्देशन गरेको ‘हिम्मतवाली’ को सार्वजनिक नयाँ गीतमा रेखालाई ‘खासै राम्रो नाँच्न त जान्दिन’ भन्दै नाचिरहेको देख्न सकिन्छ। कुनै एक जंगलमा खिचिएको गीतमा रेखालाई फिल्मका गुण्डाहरुले घेरेको देख्न सकिन्छ । बसन्त सापकोटाको संगीत, एकनारायण भण्डारीको शब्दमा बनेको गीतमा मनिषा पोखरेलको स्वर रहेको छ । फिल्ममा दुवै हात नभएका सुदर्शन गौतमले पनि प्रमुख भूमिकामा अभिनय गरेका छन्। फिल्ममा टंक बुढाथोकीको पनि संगीत रहेको छ भने बनिष शाह र अर्जुन जिसीको सम्पादन र रामशरण उप्रेतीको छायांकन रहेको छ।
rekha-thapa-hot-dance-video-image

SUBSCRIBE 👉