सुपरहिरो बन्दै रणवीर


Ranabir-Kapoor

बलिउडका चर्चित नायक रणवीर कपुर चाँडै नै दर्शकमाझ सुपरमेन र स्पाइडरमेन जस्तै सुपरहिरोको रुपमा आउने भएका छन्। अयान मुखर्जीको आगामी फिल्ममा रणवीरलाई स्पाइडरमेन र सुपरमेन जस्तै एक साइन्स फिक्सनको जस्तै पौराणिक सुपरहिरोको रुपमा देखिन लागिएको हो ।

समाचार अनुसार रणवीरको भूमिका पौराणिक सुपरहिरो हनुमान जस्तो रहेको छ । रणवीर पनि सुपरहिरोको भूमिकामा प्रस्तुत हुन पाउँदा निकै उत्साहित छन् । फेन्टासीमा आधारित यो फिल्मको कथा लेखक स्वयं अयानले भने सुपरहिरोको शैलीमा कथा नलेखेको बताएका छन् । अयानका अनुसार फिल्ममा रणवीरलाई सुपर पावर भएको युवकको रुपमा देख्न सकिनेछ ।

निर्देशकका अनुसार फिल्मको बजेट पनि महंगो रहेको छ । अयान हाल स्क्रिप्ट लेख्नमा व्यस्त छन् । एक वर्ष समय लगाएर अयान स्क्रिप्ट लेख्दैछन् । रणवीरका साथी हुन् निर्देशक अयान, त्यसकारणले पनि साथीको काम प्रति उनको निकै भरोशा रहेको छ ।

SUBSCRIBE 👉