अष्ट्रेलियामा झरना–निरजको सेफ ल्याण्डिङ


Safe-Landing

ग्ल्यामर नेपाल, काठमाडौं । आगामी अगस्ट महिनाको ९ र १० तारिखका दिन अष्ट्रेलियास्थित सिड्नीको हर्सभिल सिभिक थिएटरमा फिल्म ‘सेफ ल्याण्डिङ’को भव्य प्रिमियर हुने भएको छ । प्रिमियरमा सहभागी हुन प्रमुख दुई कलाकार अभिनेत्री झरना बज्राचार्य र अभिनेता निरज बरालसहित सञ्चारकर्मी सुमन गैरे अगस्टको पहिलो साता सिड्नी उड्ने भएका छन् ।  अष्ट्रेलियामा नै रहेका निर्माता बसन्त भण्डारीले फिल्मको प्रिमियर भव्य रुपमा सम्पन्न गर्ने तयारी भएको बताए । प्रिमियरमा दर्शकका लागि स्थानिय कलाकारहरुले आकर्षक प्रस्तुति देखाउने उनले जनाए । फिल्मका निर्देशक सन्दीप जोसेफ र अर्का निर्माता राहुल अग्रवालको पनि प्रिमियरमा हुनेछन् । दुवै मलेसियन नागरिक हुन् ।

भण्डारीका अनुसार अष्ट्रेलिया प्रिमियरको साता दिनपछि अगस्ट १७ तारिखका दिन न्यूजिल्याण्डमा पनि फिल्मको प्रिमियर हुनेछ । न्यूजिल्याण्डको अकल्याण्डस्थित क्यापिटल सिनेमा हलमा यो फिल्म देखाईने छ । लामो समयदेखि न्यूजिल्याण्डमा बस्दै आएका एनआरएन राज बिष्टले न्यूजिल्याण्डमा तेस्रो पटक नेपाली फिल्म चल्न लागेको बताए । यसअघि त्यहाँ ‘लुट’ र ‘कथा’ फिल्म चलाइएको थियो । निरज र झरनाको साथमा फिल्ममा सुशिलराज पाण्डे, सुमिना घिमिरे, शिखा शाही, बिएस राणा, रवि गिरीलगायतको अभिनय रहेको छ । ग्याङस्टार शैलीको फिल्ममा बलिउडका चर्चित फिल्म सम्पादक मेघना अश्चितको सम्पादन रहेको छ । नेपालमा मंसीर १९ गते रिलिज हुने फिल्ममा जोन ज्याकोब र पुरुषोत्तम प्रधानको छायांकन छ ।

SUBSCRIBE 👉