वेदका पाँच फिल्म, कसले बाजी मार्ला ?


Kurban-Movie
ग्ल्यामर नेपाल, काठमाडौं । एउटा फिल्म निर्देशकले महिनामा एउटा मात्र फिल्मको निर्देशन गर्न भ्याउँछन् । तर निर्देशक वेदप्रसाद भुर्तेलको कुरा गर्ने हो भने उनी अहिले एकसाथ पाँच वटा फिल्ममा व्यस्त छन् । वेद हाल ‘कुर्वान’, ‘संजोग’, ‘भित्ती’, ‘शीत’ र ‘फेरि भेटौला’मा एकसाथ काम गरिरहेका छन् । फिल्म ‘संजोग’ कार्तिक २१ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्मलाई उमेश उप्रेती र रोशन उप्रेतीले निर्माण गरेका हुन् । सुष्मा कार्की, सविन श्रेष्ठ र प्रज्वल गिरी फिल्ममा मुख्य भूमिकामा छन् ।

यस्तै ‘भित्ती’मा मौसम तामाङको लगानी छ । फिल्ममा प्रज्वल गिरी, सोनिया शर्मा र निर्देशक भुर्तेलकै अभिनय छ । फिल्म ‘कुर्वान’लाई प्रेम तामाङ र राकेश गिरीले निर्माण गरेका हुन् भने अभय चन्द, प्रज्वल गिरी, सोनिया शर्मा, जैना कुँवर र राकेश गिरीको अभिनय रहेको छ । यतिबेला २ फिल्मको गीत रेकडिङ कार्य अगाडि बढेको निर्देशक भुर्तेलले जानकारी दिए । जसमा श्याम मगरको लगानीमा ‘शीत’ र खगेन्द्र उप्रेतीको लगानीमा ‘फेरी भेटौला’ निर्माण हुँदैछ । फिल्म ‘फेरि भेटौला’मा दिलकृष्ण श्रेष्ठ र प्रज्वल गिरीको अभिनय रहने पक्का भैसकेको छ ।

SUBSCRIBE 👉