उत्सव फष्टलुकमा युवा वर्चस्व


Utsav-Poster
ग्ल्यामर नेपाल, काठमाडौं । भदौ १३ देखि प्रदर्शन हुने फिल्म ‘उत्सव’को फष्टलुक सार्वजनिक भएको छ । निर्माता शेखर कोईरालाले निर्माण गरेको फिल्ममा सौगात मल्ल, मेनुका प्रधान, गौरव पहारी, प्रकृति श्रेष्ठ, सन्दिप क्षेत्री र स्वयं निर्माताका कोईरालाका छोरा सञ्जोगले डेब्यू गरेका छन् । पटकथाकारका रुपमा चिनिएका युवा कुमार भट्टराईले फिल्मको निर्देशन गरेका हुन् ।

‘युवा दर्शकको स्वाद लिएर हामी फिल्म निर्माणमा फर्किएका छौ,’ निर्माता शेखरले भने,‘पोष्टरमा युवा पुस्ताका कलाकारको प्रतिनिधित्व रहेकाले फिल्मले युवा वर्गलाई आकर्षण गर्छ भन्नेमा हामी विश्वस्त छौं ।’ जावेद अख्तर कार्यकारी निर्माता रहेको फिल्ममा निमेष श्रेष्ठको सम्पादन, सुरेश राईको संगीत, कविराज गहतराज र गम्भीर विष्टको कोरियोग्राफी र पुरुषोत्तम प्रधानको छायांकन रहेको छ ।

SUBSCRIBE 👉