नेपाल आउने प्रियंकाको ट्वीटरमा खुलासा


Priyanka-chopada-and-Prabal-Gurung ग्ल्यामर नेपाल, काठमाडौं । विख्यात बलिउड अभिनेत्री प्रियंका चोपडाले नेपाल आउने खुलासा गरेकी छिन। आफ्नो ट्वीटरमा चर्चित फेशन डिजाइनर प्रबल गुरुङको ट्वीटलाई मेन्सेन गर्दै प्रियंकाले ‘सि यु इन नेपाल’ भनेकी हुन्। प्रबलले तयार पारेको पोशाकमा आफूलाई निकै सुहाएको भन्दै उनले केही तस्बिरहरु पनि सार्वजनिक गरेकी छिन्।
priyanka-chopra-tweet-for-prabal-gurung

प्रियंका ‘गुन्डे’को प्रमोशनको लागि केही दिन अघि न्यूर्योक पुगेकी थिइन्। सोही क्रममा बिहीबार प्रबल र उनको भेट भएको थियो। उनले ट्वीटरमा प्रबलसँगको भेट निकै सानदार भएको पनि उल्लेख गरेकी छिन। उनी प्रबलले शिक्षा फाउन्डेशनका लागि नेपाल आउने भएको बताइएको छ। तर औपचारिक रुपमा केही जानकारी गराइएको छैन।
Priyanka-chopada-and-Prabal-Gurung-1
उसो त केही समय अगाडि पनि एक आयोजक संस्थाले शाहरुख खान र प्रियंकालाई नेपाल ल्याउने बताएको थियो। शाहरुखले नेपाल आउने भिडियो सन्देश पनि दिएका थिए तर यो चर्चा त्यतिकै सेलायो। यसबीचमा प्रियंका आउने खबरले निकै चर्चा पाउन थालेको छ। यसपटक उनी आफैंले नेपाल आउने वचन दिएकोले उनका नेपाली फ्यानहरु निराश हुनुनपर्ने बताइएको छ ।

SUBSCRIBE 👉