
ग्ल्यामर नेपाल, काठमाडौं । नेपाल चलचित्र प्राविधिक संघले मलेशिया पछि हङकङमा आयोजना गर्न लागेको नेफ्टा अवार्डको सातौं संस्करणमा करिब दुई करोड खर्च हुने भएको छ । आयोजकले हङकङमा पत्रकार सम्मेलन गर्दै सातौं संस्करणको अवार्डको लागि मिति तय गरेको छ । अवार्ड कार्तिक १ मा हुने भएको छ ।
निर्माता सुनिलकुमार थापा सहित नेफ्टा अध्यक्ष मनोज केसी र अवार्ड कोडिर्नेटर बाबुराम दाहालले हङकङमा मिति घोषणा गरेका थिए । ‘विवादरहित भव्य रुपमा कार्यक्रम सफल पार्ने उद्देश्यका साथ अवार्डको मिति सार्वजनिक गरेका हौ ।’ नेफ्टा अध्यक्ष केसीले भने । हङकङमा अवार्ड गर्न पहल गरिरहेका निर्माता सुनिलकुमार थापाले अवार्डलाई व्यवस्थित रुपमा सम्पन्न गर्न आफ्नो गहन जिम्मेवारी रहेको जनाउँदै अवार्डलाई सफल बनाउने दाबी गरे । आयोजकले करिब दुई करोडको लागतमा अवार्ड सम्पन्न हुने जनाएको छ ।
